रामेछापबाट पक्राउ परे बानेश्वरमा डाक्टर जोशीलाई ठक्कर दिने बसका चालक « Khabarhub

रामेछापबाट पक्राउ परे बानेश्वरमा डाक्टर जोशीलाई ठक्कर दिने बसका चालक


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आइतबार बिहान नयाँ बानेश्वरको दुर्घटनामा संलग्न बस र चालक पक्राउ परेका छन् । बसका चालक भक्तपुरको सूर्यविनायक बस्ने बुद्धिबहादुर कोजु सोमबार रामेछापमा पक्राउ परेका हुन् ।

आइतबार बिहान मनिर्ङवाकमा निस्केका डाक्टर प्रभु जोशीलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले नयाँ बानेश्वरमा रहेको सीसीटीभी फुटेजको सहयोगमा घटनामा संलग्न बा ३ ख ६१४ नम्बर यात्रुबाहक बस पहिचान गरी सो बसका चालकलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । कोजुलाई काठमाडौं ल्याएको पनि उनले बताए ।

जोशीको घटनास्थलमै मृत्यु भएपनि घटनामा संलग्न सवारी र चालकको पहिचान हुन सकेको थिएन् ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले सीसीटीभी फुटेज जाँच गर्दा ठक्कर दिने गाडी पहिचान भएको थियो ।

सोही गाडीको पिछा गर्दै जाँदा गाडीसहित चालकलाई रामेछापमा पक्राउ गरिएको हो । घटना घटेपछि सो बस नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो । घटनाको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  २ : १३ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास