रोकिएको १ वर्षपछि एलएलबीको भर्ना शुरु, ३ सय विद्यार्थीले मात्रै पढ्न पाउने « Khabarhub

रोकिएको १ वर्षपछि एलएलबीको भर्ना शुरु, ३ सय विद्यार्थीले मात्रै पढ्न पाउने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यायलअन्तर्गत नेपाल ल क्याम्पसले शैक्षिक सत्र २०७५/०७८ को लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को रोकिएको भर्ना प्रक्रिया शुरु गरेको छ ।

सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले कोटा तोकेर भर्ना प्रक्रिया गर्न निर्देशन दिएपछि क्याम्पसले भर्ना शुरु गरेको क्याम्पस प्रमुख डा डिनानाथ पराजुलीले जानकारी दिए । करिब ८ महिनापछि पुनः क्याम्पसले भर्ना प्रक्रिया शुरु गरेको हो ।

‘रोकिएको भर्ना प्रक्रियामा सर्वोच्च अदालतले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरु गर्न आदेश दिएको र त्यही आदेशलाई टेकेर कार्यकारी परिषद्ले कोटा निर्धारण गरी पत्र पठाएपछि भर्ना प्रक्रिया शुरु गरिएको हो,’ उनले भने, ‘सर्वोच्चको आदेश र कार्यकारीको निर्णयअनुसार यसपटक क्याम्पसले शैक्षिक सत्र २०७५/०७८ का लागि ३०० विद्यार्थीमात्र भर्ना गर्ने छौँ ।’

त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको हो । अघिल्लो वर्ष चैतमा भर्नाका लागि प्रक्रिया थाले पनि विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाउने र सर्वोच्चमा रिट दायर भएपछि रोकिएको थियो ।

यसअघि पनि ३०० कोटा तोकी भर्ना प्रक्रियाका लागि आवेदन फाराम विवरण भइरहेका बेला विद्यार्थी सङ्गठनले ताला लगाएका थिए । तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी)ले कोटा प्रणालीको खारेजीको माग गर्दै ताला लगाएका थियो ।

गत वर्ष चैतमा भर्नाका लागि आवेदन माग गरिएकोमा करिब २ हजार ५०० विद्यार्थीले फाराम भरेको क्याम्पस प्रमुख डा पराजुलीले जानकारी दिए । उनले अघिल्लो वर्ष भर्नाका लागि फाराम भरेका विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी गराउने बताए । नयाँ विद्यार्थी भर्नाका लागि क्याम्पसले मङ्सिर १० देखि २५ गतेसम्म आवेदन फाराम वितरण गर्ने भएको छ । प्रवेश परीक्षामा मेरिट लिष्टको आधारमा सबभन्दा बढी अङ्क ल्याउने विद्यार्थीले मात्र अध्ययन गर्न पाउने छन् ।

पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ । शैक्षिक सत्र २०७४/०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी सङ्गठनको दबाबका कारण करिब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो ।

अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ३ : ०२ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास