एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ? « Khabarhub

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच सकिँदा सर्वाधिक विकेट लिने बलर बनेका छन्। राहुलले दुई खेलमा ५.७५ को इकोनोमी दरमा बलिङ गर्दै ६ विकेट लिएका हुन्।

यो सूचीको दोस्रो स्थानमा रहेका सोमपाल कामीले दुई खेलबाट ६.३३ को इकोनोमीमा ५ विकेट हात पारेका छन्। अनिल खरेलले दुई खेलमा ६.४० को इकोनोमीमा ५ विकेट लिँदै सोमपाललाई बराबरी पछ्याइरहेका छन्।

यसैगरी हरमीत सिंहले दुई खेलमा ५.३३ को किफायती इकोनोमीमा ४ विकेट लिएका छन् भने किशोर महतोले एकै खेलमा ५.५० को इकोनोमीमा ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका छन्। चार विकेट लिने खेलाडीको सूचीमा एङगाेलो म्याथ्युज र कमलसंह ऐरीसमेत रहेका छन्।

प्रतियोगिता अघि बढ्दै जाँदा शीर्ष बलरबीच सर्वाधिक विकेट लिने होडबाजी थप रोचक बन्दै गएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ३ : ५४ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा