आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६ नोभेम्बर १ तारिख। कार्तिक कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आफन्तले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। ठुलाको सम्मान गर्न सके सोचेको काम बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीले आक्रमण गर्ने हुँदा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

वृष : दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयाससफल हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्ने छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। आज ठूला योजना बन्नेछन् । स्वास्थ्यमा जोखिम बढ्ने छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। तर खर्च बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। श्रम शोषण भएको महसुस हुनेछ।  राजनीतिक क्षेत्रमा भने अग्रजको साथ मिल्नेछ। परिवाभित्र गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मन शान्त बन्नेछ। ठुला व्यक्तिसँगको भेटले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने हुनसक्छ। परिवारमा खुशी साट्ने अवसर प्राप्त होला।

वृश्चिक : पठनपाठनमा मन जानेछ । सामाजिक काममा दिन बित्नेछ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।आफ्नो कामप्रति सन्तुष्टि बढ्नेछ।  पारिवारिक मेलमिलाप हुनेछ ।

धनु : दिन सामान्य छ। यात्रामा जोखिम छ। समय र सम्पत्ति खर्च भए पनि सोचेको काम बन्ने छ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। डुब्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको विवादले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : स्वास्थ्यमा  समस्या हुनेछ । परिवारको साथ मिल्नेछ।  राजनीतिक क्षेत्रमा सक्रिय नहुँदा फाइदा हुनेछ ।  सामाजिक कामले तपाईंको नाम र दाम बढ्नेछ। शिक्षामा प्रगति हुनेछ ।

मीन : दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ५ : ३८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६