लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित चुनावीसभामा उनले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए।

सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताउँदै उनले भने, ‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो।’

लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन नेता पौडेलले आग्रह गरे। कास्की २ मा पार्टीका तर्फबाट उम्मेदवार खेमराज पौडेल आफ्नो पनि गुरु भएको स्मरण गर्दै उनले पौडेल जस्तो इमान्दार र त्यागी नेतालाई जिताएर पठाए कास्केली जनताको इज्जत बढ्ने स्पष्ट पारे।

पार्टीका सहमहामन्त्री डा‍.प्रकाशशरण महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताउँदै सरकारलाई सच्याउनका लागि पनि कांग्रेसले जित्नुपर्ने जिकिर गरे।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारका असफलतालाई उजागर गरेको बताए।

सरकारले पूरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले कांग्रेसले एकएक हिसाब गरेर बसेको बताउँदै उनले जनताका लागि यो उपनिर्वाचन सरकारले कामको मूल्याङ्कन गर्ने अवसर भएको धारणा राखे।

कार्यक्रममा कांग्रेस नेताहरू प्रदीप गिरि, धनराज गुरुङ, तारानाथ रानाभाट, सुवास सिग्देल, शारदा गिरी, कृष्णमान ठुसाजूलगायतले आ–आफ्ना धारणा राखे ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : ४५ बजे

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल  आज प्रहरी प्रधान कार्यालय पुगेर

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण

५८ जना कैदीबन्दी कारागार फर्किए

दार्चुला– जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट

इजरायल-कतार युद्धपछि साउदी–पाकिस्तानबीच आपसी रक्षा सम्झौता

एजेन्सी– साउदी अरब र आणविक शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा

फ्रान्समा हडताल, नयाँ प्रधानमन्त्रीको बजेट योजनामा चुनौती

पेरिस– बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको