कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु « Khabarhub

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार एएफपीलाई बताएअनुसार शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको थियो । 

सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुएलामा भएको यो पहिलो यस्तो आक्रमण भएको उनले दाबी गरे ।

संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएका, रूखहरू ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ । संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताए ।

भेनेजुएला सरकारले यस विषयमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।

सन् २०१६ मा कोलम्बियाली सरकारसँग शान्ति सम्झौता गरेपछि ईएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा रहेको छ । उक्त सम्झौतामा क्रान्तिकारी सशस्त्र बल (फार्क–एफएआरसी) ले हस्ताक्षर गरेको थियो ।

कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । उक्त सीमावर्ती क्षेत्रमा अन्य विद्रोही समूहहरू पनि सक्रिय छन् । शान्ति सम्झौता अस्वीकार गरेका फार्कका केही समूहले कोकिन तस्करी र अवैध खानी सञ्चालनमाथि नियन्त्रण कायम गर्न एकअर्कासँग सङ्घर्ष गर्दै आएका छन् ।

लामो समयदेखि कोलम्बियाली सरकारले वामपन्थी शासन रहेको भेनेजुएलाले कोलम्बियाली विद्रोही समूहलाई आश्रय दिँदै आएको आरोप लगाउँदै आएको थियो ।

यद्यपि, राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएपछि भेनेजुएला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नजिकको निगरानी र प्रभावमा रहेको छ । अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार तथा अन्य प्राकृतिक स्रोतबाट आर्थिक लाभ लिने प्रयास गरिरहेको छ ।

सैन्य मामिलाकी जानकार मानव अधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार अपुरे राज्यका स्थानीय बासिन्दाले शुक्रबारको सैन्य कारबाहीबारे जानकारी दिएका थिए । उनीहरूले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन् । रासस

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १२ : २७ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित