आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना « Khabarhub

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ ।

कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गर्ने मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिइन् । मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालन हुनेछ ।

कार्यालयले घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयकर, सेवा शुल्क, दस्तुर तथा दण्डजरिवानालगायत प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्व सङ्कलन र व्यवस्थापनमा सहजीकरण गर्नेछ । 

साथै, करदाता विवरण व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण, राजस्व सम्भाव्यता अध्ययन, स्थानीय तहसँग समन्वय र राजस्व प्रक्षेपणमा सहयोग गर्ने जिम्मेवारी पनि कार्यालयलाई दिइएको छ ।

मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा र प्रदेश लेखा नियन्त्रक कार्यालयका कर्मचारीबाटै जनशक्ति व्यवस्थापन गरिएकाले थप आर्थिक भार नपर्ने जनाइएको छ ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशभित्र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्नु कार्यालयको मुख्य जिम्मेवारी हुने बताए  । 

प्रदेश सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको उल्लेख गर्दै उनले आर्थिक ऐनले तोकेका सबै क्षेत्रलाई राजस्वको दायरामा ल्याउन कार्यालयले सहजीकरण गर्ने बताए ।

राजस्वसम्बन्धी नीतिगत काम मन्त्रालय र कार्यान्वयनको जिम्मेवारी कार्यालयलाई दिने गरी कार्यविभाजन गरिएको मन्त्री शेरचनको भनाइ छ । कार्यालय स्थापनाले प्रदेशको आन्तरिक राजस्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  २ : ४० बजे

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन