जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता « Khabarhub

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि थापाले राजदूत नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेकाले नाम फिर्ता लिन लागेको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले बताए । उनले केहीबेरमा औपचारिक निवेदन पठाउने छन् ।

गत असोज २८ गते भएको सुनुवाइमा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ टुंगिएको थिएन ।

यसअघि राजदूत नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अस्वीकृत भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : ३१ बजे

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर– हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु

त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित,

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक