परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने « Khabarhub

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा नियमित रूपमा लिन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ ।  

विभागले आज सूचना जारी गर्दै राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएको कारण देखाएर सार्वजनिक सेवा प्रवाह नरोक्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । विवरण प्रमाणीकरणमा समस्या देखिए पनि सेवाग्राहीलाई नियमित रूपमा सेवा उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत नागरिकको विवरण दर्ता गर्ने र राष्ट्रिय परिचय नम्बर जारी गर्ने काम नियमित भइरहेको छ । तर, विवरण प्रमाणीकरणका लागि आवश्यक स्वचालित बायोमेट्रिक सूचना प्रणाली (एबीआईएस) को क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो ।

गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई नम्बर प्राप्त गरेका नागरिकमा यस्तो समस्या देखिएको विभागले जनाएको छ । एबीआईएस प्रणालीको क्षमता विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको र आगामी दुई साताभित्र सम्पन्न हुने अपेक्षा गरिएको विभागले जनाएको छ । त्यसपछि विवरण प्रमाणीकरण सेवा नियमित हुने विभागको विश्वास छ ।

विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध सेवाप्रदायक निकायलाई यस विषयमा जानकारी गराइसकेको र आवश्यक समन्वयसमेत गरेको जनाएको छ ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई असहज भएको गुनासो आएको थियो । प्राविधिक समस्याका कारण कुनै पनि नागरिक सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विभागले सम्बन्धित निकायलाई सेवा प्रवाह सहज बनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : ५२ बजे

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु

त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित,

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १