भवन अभावमा पठनपाठन प्रभावित | Khabarhub Khabarhub

भवन अभावमा पठनपाठन प्रभावित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ ।

वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत तुषारो खस्छ । पुरानो कमजोर छानासहितको जीर्ण भवन छ । आवासीय विद्यालय भएकाले सुत्ने र खाने कोठामा पनि पानी तथा शीत छिर्छ ।

सबै बालबालिका श्रवणशक्ति कमजोर भएका बहिरा छन् । पर्याप्त दक्ष साङ्केतिक शिक्षक पनि छैनन् । विद्यालयको कोठा र छात्रावासमा आकाशेपानी चुहिँदा जाग्राम बस्नुपर्ने वा अन्त कतै ठाउँ सरेर बस्नुपर्ने अवस्था भएको विद्यार्थी एलिसा श्रेष्ठले बताए ।

‘हामीलाई पढ्नभन्दा सुत्न र खाना बनाउन समस्या हुन्छ’, उनले भने, ‘सबै पानी चुहिन्छ, राति पानी पर्दा ठाउँ सारी सारी जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ विद्यालय स्थापनापछि जिल्लाका विभिन्न ग्रामीण भेगबाट श्रवणशक्ति कमजोर भएका विद्यार्थीको भर्ना हुने सङ्ख्या बढ्दो छ । विद्यालयमा अहिले बालिकाको सङ्ख्या धेरै छ । साँघुरो र जीर्ण भवनमै पठनपाठन गर्नुपर्दा सास्ती भएको शिक्षकहरु सुनाउँछन् ।

फरक क्षमताका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले डेढ वर्षअघि भूकम्पले जीर्ण बनाएको भवनमा विद्यालय स्थापना गरिएको थियो । कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी–शिक्षक दुवैलाई समस्या हुने गरेको शिक्षक सरिता तामाङले बताए ।

उनले भने, ‘छानो पुरानो र भवन जीर्ण भएकाले वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत पस्छ । कक्षाकोठा पनि साँघुरो छ, छात्रावासमा सबैभन्दा बढी समस्या हुन्छ । पठनपाठनमा असर पुर्‍याएको छ।’

बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई साङ्केतिक भाषाका माध्यमले पढाइनुका साथै टाढाका विद्यार्थीलाई खाने र बस्ने पनि व्यवस्था मिलाइएको छ । बालबालिकाको सङ्ख्या बढ्दै गएकाले भवन थप्नुपर्ने अवस्था भएको शिक्षक शन्तकुमार तुम्बापोले सुनाए ।

विद्यालयमा अहिले १३ श्रवणशक्ति कमजोर भएका विद्यार्थी छन् । भूकम्पले जीर्ण बनाएको भवनलाई टालटुल तथा घेरबार गरेर विद्यालय सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ११ बजे

डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई

काठमाडौं – पत्रका नवीन पोखरेल किताब जात्रा ‘डायस्पोरा जर्नालिज्म अवार्ड’

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति