डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई « Khabarhub

डायस्पोरा जर्नालिज्म अवार्ड पोखरेललाई


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार नवीन पोखरेल किताब जात्रा ‘डायस्पोरा जर्नालिज्म अवार्ड’ बाट सम्मानित भएका छन्।

फाउन्डेशनले नेपालका २० ठाउँमा पुस्तकालय निर्माण र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। सो क्रममा किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्डबाट पोखरेल सम्मानित भएका हुन्। लमजुङ सुन्दरबजारका पोखरेलले लन्डनमा रहेर विगत १९ वर्षदेखि पत्रकारिता गर्दै आएका छन्।

बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा आयोजित किताब जात्रा फेस्टिभलको दोस्रो यूके संस्करणका क्रममा पोखरेलसहित अन्य व्यक्तित्व सम्मानित भएका हुन्।

नेपालीलाई किताब जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड, साहित्यकार कृष्ण बजगाईंलाई डायस्पोरा लिटरेचर अवार्ड, कुशल श्रेष्ठलाई किताब जात्रा डायस्पोरा मिडिया अवार्डबाट सम्मानित गरिएको छ।

उद्यमी डा.रक्षा थापालाई अन्टरप्रिनरसीप अवार्ड (महिला) र छोङ् शेर्पालाई अन्टरप्रिनरसीप अवार्ड (पुरुष) एवं युवा व्यवसायी विकास नेपाललाई युथ आइकन अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा किताब यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनुपर्ने बताए।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : २४ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक