शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन माग « Khabarhub

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन माग


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो ।

तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले अध्यक्ष दाहालले दुई जिल्लामध्ये जहाँ जग्गा उपलब्ध हुन्छ, सोही ठाउँमा सङ्ग्रहालय बनाउने जनाएको भन्दै शक्तिखोरमा जग्गा उपलब्ध गराउन सकिने बताए । जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा शक्तिखोरको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले युद्ध सङ्ग्रहालय बनाउन उपयुक्त हुने बताए ।

सो क्षेत्रका प्रदेशसभा सदस्य घनश्याम दाहालले युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउन उपयुक्त हुने बताए। स्वदेशी र विदेशी पर्यटकका लागि सङ्ग्रहालय महत्वपूर्ण हुने भन्दै उनले चितवन मध्यभागमा रहेकाले पनि सङ्ग्रहालय बनाउँदा सबैले सहज रुपमा अवलोकन गर्नसक्ने बताए।

मुख्य रुपमा सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, बन्दोबस्तीका सामान, आक्रमणका रणनीतिक दस्तावेजलगायत सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन देशकै मध्यभागमा रहेको र विदेशी पर्यटकसमेतको आवतजावत बढी हुने भएकाले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्ने बताए । जिल्लाको पर्यटकीय क्षेत्र सौराहा नजिकै शक्तिखोर रहेकाले पनि युद्ध सङ्ग्रहालय शक्तिखोरमा उपयुक्त हुने उनकाे भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ५० बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति