काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश बमले अर्धशतक बनाएका छन् । शेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनी ४५ बलमा ५६ रन बनाएर जनकपुरका अविषेक तिवारीबाट आएट भए ।
विराटनगरका ओपनर लोकेशले ३९ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । लोकेश र इम्रानले विराटनगरका लागि १०७ रनको साझेदारी गरे । अहिले क्रजमा लोकेश र आन्द्रे रसेल छन् । विराटनगरले १८ ओभरमा दुई विकेटको क्षतिमा १४४ रन बनाएको छ ।
ओपनर शेहान जयसूर्या मात्र तीन बल खेलेर एक रन बनाउँदा आउट भएपछि इम्रान र लोकेसले उत्कृष्ट साझेदारी गरेका हुन् । लोकेश र इम्रानविरुद्ध जनकपुरले ६ जना बलर प्रयोग गरे पनि सफलता हासिल गर्न सकेको छैन ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले सुरुमा ब्याटिङ गरेको हो ।














प्रतिक्रिया