कम्युनिस्ट एकताका लागि माधव नेपालको अपिल « Khabarhub

कम्युनिस्ट एकताका लागि माधव नेपालको अपिल


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन् । 

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी पार्टी एकता कार्यक्रममा सह–संयोजक नेपालले कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढ्दै गएको भन्दै यसलाई बलियो बनाउन बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका हुन् ।

उनले अहिलेको परिस्थितिमा आकर्षण बढाउँदै लानुपर्ने भएकाले पार्टी एकीकरणको समायोजनको कामलाई तीव्रताका साथ अघि बढाइने उल्लेख गरे । 

नेपालले  जेठभित्र स्थानीय तहको निर्वाचन र सँगसँगै प्रदेश तहको निर्वाचन हुने सम्भावना रहेकाले त्यसको तयारीमा जुट्न समेत आग्रह गरे ।

पालिका तह र वडा तहमा अधिवेशन गरेर जनताको र स्थानीय कार्यकर्ताको परिचालन गर्ने एवं पार्टीलाई तलबाट सुदृढ बनाउने योजना बनाइएको उनले बताए ।

उनले  स्थानीय चुनावलाई मध्यनजर गर्दै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै यसबीचमा पार्टी संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ३ : ४४ बजे

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का नवनियुक्त

प्रचण्डले भने- अहिले देशमा विवेक र राज्यमा विचार हरायो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

काठमाडौँ– सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर

प्रदर्शनअघि नै ‘किङ’ को ६६५ करोडको कारोबार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको फिल्म ‘किङ’ प्रदर्शनमा आउनुअघि नै

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं- सरकारले प्रेस काउन्सिल ऐन २०४८ र संस्कृति, पर्यटन तथा