आज २०८३ साल कात्तिक १९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक १९ गते बिहीबारको राशिफल


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६ नोभेम्बर ५ तारिख। कार्तिक कृष्ण पक्षको एकादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । राजनीति नगर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । आम्दानी र खर्च  बराबर हुने  दिने छ ।  । कतै  रमाइलो यात्रा तय  हुन  सक्छ । साथीभाईसँगको भेटले  मनमा   खुसी  मिल्नेछ ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ । सामाजिक क्षेत्रमा इज्जत बढ्ने छ ।

सिंह : आज धन आर्जन  हुनेछ । तर बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ ।

कन्या : दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ ।

तुला : दिन सामान्य राम्रो छ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । तर  खर्च  भने बढ्ने  देखिन्छ ।

वृश्चिक : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।  पुराना साथीको साथ मिल्नेछ ।

धनु : दिन राम्रो छ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा बढुवा हुनेछ । पारिवारिक  मेलमिलाप हुनेछ ।

मकर : दिन राम्रो छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ । विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ । सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ।

कुम्भ : आज जोगिएर काम गर्नुपर्ने  दिन छ । शत्रु बढ्ने  भएकाले सचेत  हुनुहोला ।  स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । श्रमको मूल्य प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ । विपक्षी साथीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ४६ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘पहिला हिमाल देख्दा गौरव लाग्थ्यो, आजकल खतरा महसुस हुन्छ’

मेरो नाम छेतेन ग्याल्पो हो। म रसुवाको स्याफ्रुबेंसीको स्थानीय बासिन्दा

च्याम्पियन्स लिग : आर्सनलले हरायो स्लाभिया प्रागलाई

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो

एनपीएल : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल