खेलकुदमार्फत जिरीको पर्यटन प्रवर्द्धन गर्न दोलखा-रामेछापका ४० टिमबीच फुटबल भिडन्त सुरु « Khabarhub

खेलकुदमार्फत जिरीको पर्यटन प्रवर्द्धन गर्न दोलखा-रामेछापका ४० टिमबीच फुटबल भिडन्त सुरु


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपालको स्विट्जरल्यान्डका रूपमा परिचित दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुदलाई पर्यटनसँग जोड्दै आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले ५ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता सुरु भएको छ।

खेलकुदको विकाससँगै जिरीको पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउने लक्ष्यसहित शुभदिपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगिता बिहीबारदेखि  सुरु भएको छ।

कात्तिक २१ गतेसम्म जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा दोलखा र रामेछापका खुला, महिला तथा ४० वर्षमाथिका भेट्रान्स विधाका गरी ४० टिम सहभागी भएका छन्। प्रतियोगिताको जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले उद्घाटन गरेका थिए।

प्राकृतिक सौन्दर्य, चिसो हावापानी, हरियाली र मनोरम हिमाली दृश्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको जिरीमा खेलकुद गतिविधिमार्फत पर्यटनको नयाँ सम्भावना खोज्न प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका कोषाध्यक्ष तथा खेल व्यवस्थापक इश्वर कार्कीले बताए।

खेल प्रतियोगिताले खेलाडी, दर्शक र खेलप्रेमीलाई जिरीसम्म ल्याउने तथा यहाँको पर्यटकीय पहिचानलाई थप प्रचारप्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा खुलातर्फ विजेता टोलीले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, ४० वर्षमाथिका (भेट्रान्स)विधाका विजेता र उपविजेता टोलीलाई एक–एकवटा खसी प्रदान गरिने आयोजकले जनाएको छ। यस विधामा आठ टिम सहभागी छन् भने महिलातर्फ पाँच टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको फाइनलका दिन चेर्दुङ कला मञ्च जिरीको देउसीभैलोसहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। खेलसँगै सांस्कृतिक कार्यक्रमले जिरीको कला, संस्कृति र स्थानीय पहिचानको प्रचारमा थप टेवा पुग्ने विश्वास आयोजकको रहेको छ ।

प्रतियोगिताबाट संकलन भएको रकम तिहारपछि जिरीमा स्पोर्ट्स एकेडेमी स्थापना गर्न खर्च गरिनेछ। एकेडेमीमार्फत १६ वर्षमुनिका बालबालिकालाई फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेलको नियमित प्रशिक्षण दिने योजना रहेको छ ।

जिरीको खेलकुद विकास र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा तथा व्यवसायी लिलाराम खड्काका अनुसार खेलकुदलाई पर्यटनसँग जोडेर जिरीलाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।

खेलकुद गतिविधि नियमित गर्न सके जिरीमा पर्यटकको आगमन बढ्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।

निर्माण व्यवसायी संघ जिरी, एक्स्प्लोर नेपाल नेटवर्क र युवा सञ्जाल जिरीको आयोजनामा भएको प्रतियोगितामा जिरी नगरपालिका सहआयोजक रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ६ : ३७ बजे

विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी

काठमाडौँ – विराटनगर किंग्सविरुद्ध काठमाडौँ गोर्खाजले नौ विकेटको सानदार जित

अख्तियारमा माधव नेपालको बयान- ‘कुनै गलत काम गरेको छैन’

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित फलफूल फार्मको जग्गा सट्टापट्टासम्बन्धी

जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

मस्को – रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई)

प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार

अर्थ समाचार : सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा, गहुँको मूल्य बढ्यो र क्यानाडाले ल्यायो नयाँ बजेट

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहरु) नेपाल राष्ट्र बैंकको टक्सार