त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो « Khabarhub

त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने प्रक्रिया अघि बढाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाका अनुसार विकेन्द्रीकरणसम्बन्धी नीतिगत निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयअन्तर्गतका सबै निकायलाई पत्राचार गरिएको छ ।

उपकुलपति थापाले आफ्नो नियुक्तिको चार महिनाभन्दा बढी अवधिमा विश्वविद्यालयको रूपान्तरणका लागि आवश्यक नीति तथा कार्यक्रम त्रिवि सभाबाट पारित गराइसकिएको जानकारी दिए ।

उनका अनुसार त्रिविले दीक्षान्त समारोहलाई सातवटै प्रदेशमा फरक ढङ्गले आयोजना गर्ने तयारी गरेको छ । यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ विद्यार्थीले निवेदन दिएका छन् ।

त्यस्तै, परीक्षा प्रणाली र नतिजा प्रकाशनलाई व्यवस्थित बनाइएको छ । त्रिविले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउनुका साथै समयमै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएको छ । अहिले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।

यसैबीच, अध्ययन बिदामा गएर नफर्किएका कर्मचारी तथा प्राध्यापकबाट त्रिविले हालसम्म २१ करोड रुपैयाँ असुल गरेको छ । विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक सुधारका लागि विभिन्न कदम चालिएको उपकुलपति थापाले बताए।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  २ : ०८ बजे

सिड्नीमा नेपाली समुदायसँग तिहार मनाए प्रधानमन्त्री अल्बानिजले

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार (नोभेम्बर ७) सिड्नीमा आयोजित

त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस मनाइयो

काठमाडौँ – मानवअधिकारवादी नेता, शान्ति अभियन्ता, मातृभाषा अभियन्ता तथा साहित्यकार

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको