काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा अहिले लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कााठमाडौंले लुम्बिनीसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।
जवाफी ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले खराब प्रदर्शन गरेको छ । ३ ओभर ४ बलमा २१ रन बनाउँदा लुम्बिनीले ५ विकेट गुमाइसकेको छ ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेका छैनन् ।
बलिङतर्फ काठमाडौंका जहाँदाद खान एक्लैले ४ विकेट लिइसकेका छन् । बाँकी एक विकेट भने करण केसीले लिएका छन् ।
आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।
जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी तीनमा जित र एकमा अंक बाडेसँगै ७ अंकसहित शीर्षस्थानमा रहेको छ । यस्तै, दुईमा जित र एकमा हार बेहोरेर ४ अंक जोडेको काठमाडौँ चौथो स्थानमा छ ।
यसअघिका एनपीएल संस्करणमा लुम्बिनी र काठमाडौँबीच तीन खेल भएका छन् । तीमध्ये लुम्बिनीले एक खेल जित्दा काठमाडौँले दुई खेल जितेको छ ।














प्रतिक्रिया