यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै « Khabarhub

यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।

धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन ९डोरो० गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ५३ बजे

तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँ– तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक

आजदेखि कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले

यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै

काठमाडौँ– यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू