कमजोरी दोहोर्‍याए स्वर्ण जित्न कठिन – कप्तान शाही | Khabarhub Khabarhub

कमजोरी दोहोर्‍याए स्वर्ण जित्न कठिन – कप्तान शाही


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा जीत हात पारेको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको प्रतिक्रिया दिएकी छिन् ।

बुधबार त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशी टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

जीतपछिको पत्रकार भेटघाटमा कप्तान अरुणाले नेपालले विपक्षी टोली अनुसार खेल पस्किएको बताइन् ।

‘हामीले पहिलो खेलमा जीत हात पार्दै राम्रो शुरुआत गरेका छौं । नेपालले बंगलादेशको खेल अनुसार आफ्नो प्रदर्शन खेल्या,’ शाहीले भनिन्,‘आजको खेलमा केही गल्तिहरु भएका छन् ।’

घरेलु मैदानमा पहिलो पटक कप्तानी गरेकी अरुणाले आजको खेल जस्तो भारतविरुद्ध नहुने बताइन् । साथै उनले कमजोरी पुन दोहोर्याए लिएको लक्ष्य पुरा गर्न कठिन रहेको बताइन् ।

अरुणाले बंगलादेशविरुद्ध केही कमजोरी भएको स्वीकारेकी छन् । साथै, उनले बिहीबार हुने भारतविरुद्धको खेलमा आज भएका कमजोरी सुधार्न नसके लक्ष्य प्राप्तीमा असहज हुने बताइन् ।

सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपाली टोलीका लागि सबैभन्दा बलियो टिम भारत हो । नेपालकै समूहमा रहेको भारतसँग खेल्नेछ ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले आज भएको खेलमा टिमले राम्रो खेलेको बताएका छन् । ‘आजको खेलमा नेपालले राम्रो खेल्यो । सबै खेलाडीलाई खेलका लागि अवसर दियौं,’ भारतविरुद्धको खेल बारे भट्टले भने,‘आज केही गल्तीहरु भएका छन् । तर, आगामि खेलमा सुधार गर्नुपर्छ । भारतविरुद्ध आजका गल्तीहरु भारतविरुद्ध गर्नुहुँदैन ।’

विपक्षी टोलीका प्रशिक्षकले आफ्नो टिमले राम्रो खेले पनि घरेलु टोली बलियो भएकाले पराजित हुनुपरेको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : ४८ बजे

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि