क्रिकेटर सन्दीपले गरेको लेजर सर्जरी के हो ? कसरी गरिन्छ ? | Khabarhub Khabarhub

क्रिकेटर सन्दीपले गरेको लेजर सर्जरी के हो ? कसरी गरिन्छ ?


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको लेजर सर्जरी गरे । लेजर सर्जरी पछि आफूले राम्रोसँग आँखा देखेको बताएका छन् । उनले चस्मा लगाउन नपर्ने भएकाले लेजर सर्जरी गरेको बताएका छन् ।

क्रिकेटर लामिछानेले गरेको लेजर सर्जरी के हो ? आज हामी तपाईलाई यो विषयमा जानकारी दिदैछौं ।  आँखाको दृष्टिमा  समस्या देखिएमा आँखाका बिरामीले चस्मा लगाउनुपर्ने हुन्छ । आँखाको दृष्टिमा समस्या हुँदा औषधिको प्रयोग, अप्रेसन र चस्माको प्रयोगबाट दृष्टि फर्काउन सकिन्छ ।

नेपालको जनसंख्याको तीन प्रतिशत मानिहरुले चस्मा लगाउनुपर्ने खालको आँखाको समस्यामा छन् । तर, आँखामा समस्या भएका सन्दीप जस्तै धेरैले चस्माको प्रयोग नियमित गर्न सक्दैनन् ।  धेरै नेपालीमा चस्मा लगाएर हराउने, फुट्ने र समयमा चस्मा परिवर्तन गर्न नसक्ने आर्थिक अवस्थाका पनि हुन्छन् । आर्थिक कारण त एकठाउँमा छ नै तर कतिपय मानिसहरु चस्मा लगाउन नपरोस् भन्ने चाहन्छन् । यस्ता मानिसहरुका लागि लेजर सर्जरी उपयुक्त हुन्छ ।

दृष्टि कमजोर भएर चस्मा लगाउनुपर्ने अवस्था भएका विरामीहरुले लेजर सर्जरी गरे पनि चस्माको प्रयोगविना नै राम्रोसँग आँखा देख्न सक्छन् ।

चस्माको प्रयोगभन्दा लेजर पद्धतिबाट गरिने उपचार गुणात्माक हुने चिकित्सकहरु बताउँछन् । दुई आँखाको पावर २ दशमलब ५ भएमा लेजर पद्दतिबाट उपचार गर्न उपयुक्त हुन्छ । आँखामा माइनस पावरको दृष्टि भएकाहरुको लागि लेजर पद्धतिबाट उपचार गर्नु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

के हो लेजर सर्जरी ?

लेजर सर्जरी भनेको ल्यासिक र स्माइल नाम गरेका दुई प्रविधिमार्फत आँखाको अप्रेशन गरेर नानीमा समान्य परिवर्तन गरिने उपचार पद्धति हो । लेजर सर्जरी २० मिनेटमा सम्पन्न हुन्छ ।

तिलगंगा आँखा अस्पतालमा २००१ सालदेखि नेपालमा लेजर पद्धतिबाट आँखाको उपचार हुँदै आएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा सन् २००१ देखि अलिहेसम्म ४ हजार भन्दा बढी चस्मा लगाउनुपर्ने बिरामीले लेजर सर्जरी गरिसकेका छन् । यो  चस्मा भन्दा महंगो भएपनि दीर्घकालीन रुपमा प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : २९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको