नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौं ब्याटिङमा उत्रिएको छ ।
चितवनविरुद्धको खेलमा काठमाडौंले छैठौँ विकेट गुमाएको छ । खेलको १७ ओभर ४ बलमा करण केसी आउट भए । ड्यान मोस्लीको बलमा आउट हुनुअघि उनले ७ बलमा २० रनको विस्फोटक पारी खेले । यस क्रममा उनले ३ छक्का प्रहार गरे ।
लिगको अंक तालिकामा ६ अंकका साथ काठमाडौं दोस्रो स्थानमा छ । चितवन भने ५ अंकका साथ चौथो स्थानमा छ ।














प्रतिक्रिया