मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन « Khabarhub

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेको पुन समाजले नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाली चाडपर्वसँग जोडिएका मौलिक कला, संस्कृति र परम्परा आधुनिकताका कारण ओझेलमा पर्दै गइरहेका बेला आयोजित प्रतियोगिताले पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको सन्देश दिएको छ ।

प्रतियोगितामा सहभागी समूहले परम्परागत वेषभूषा, मौलिक भाका, शब्द, लय र तालमार्फत देउसी–भैलो प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी समूहको मूल्याङ्कन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो । मुख्य निर्णायक पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल रहेका थिए । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको उल्लेख गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन् ।

नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उनको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसी–भैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने धारणा राखे ।

प्रतियोगितामा सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो । आयोजकका अनुसार प्रत्येक समूहलाई चामल, फलफूल, सेलरोटी, नगद रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिएको थियो । पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले प्रतियोगितामा स्थानीय समूहका साथै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको बताए ।

मौलिक देउसी–भैलो विदेशी पर्यटकका लागि नेपाली संस्कृति बुझ्ने र प्रत्यक्ष अनुभव गर्ने नयाँ अवसर बनेको उनको भनाइ थियो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ८ : १४ बजे

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी- बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की- नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने

कोप–३१ : जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल

पेरिसमा जी–७ को ध्यान युक्रेनतर्फ, अबु धाबीमा त्रिपक्षीय वार्ता सुरु

पेरिस- अमेरिकी विदेशमन्त्री मार्को रुबियो र जी–७ का सदस्य राष्ट्रका

विधिपूर्वक गरियो गोवर्द्धन पूजा

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन