विधिपूर्वक गरियो गोवर्द्धन पूजा « Khabarhub

विधिपूर्वक गरियो गोवर्द्धन पूजा


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवद्र्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिएको हो । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने चलन छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । त्यसैकारण गोवद्र्धन पूजा आज गरिएको हो ।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिएको छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बली राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइएको छ । यसैले आजको दिनलाई हलि तिहार पनि भन्ने गरिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : ३६ बजे

विधिपूर्वक गरियो गोवर्द्धन पूजा

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन

वनमन्त्री चौधरी टर्किए प्रस्थान

काठमाडौँ-, २४ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ- ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग

जेन्सन ह्वाङ ‘केटी काण्ड’ मा परेपछि…

काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र