सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते « Khabarhub

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आज साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा तीनवटै सवारीसाधनमा सवार छ जना घाइते भएका थिए । घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ की सात वर्षीया रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी खड्काले बताए ।

दुर्घटनामा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलको पछाडि सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन् ।

घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ९ : ५३ बजे

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

सुनसरी – इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

अन्ताल्या – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

कास्की – नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १०