सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख « Khabarhub

सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृतिक केन्द्रले संयुक्त रुपमा आयोजना गरेको ‘मिस तामाङ २०१९’ को ताज सरिता गिरीले जितेकी छिन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न ग्राण्ड फिनाले समारोहमा सरितालाई मिस तामाङ २०१९ घोषणा गरियो ।

उनी २२ प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै विजेता बनिन् । जीतसँगै सरिताले नगद एक लाख, सिल्भर क्राउन र गिफ्ट पाइन् । विजेता सरितालाई सन् २०१८ की विजेता सिमरन स्याङबोले ताज लगाइदिएकी थिइन् ।

यस्तै सविना दोङ फस्ट रनर अप बनिन् भने अप्सरा स्याङतान सेकेन्ड रनर अप बनिन् । ‘मिस तामाङ २०१९’ को थर्ड रनर अपमा कविता योञ्जन र फोर्थ रनर अपमा लक्की स्याङ्ग्बोले नाम लेखाए ।

विजेताले क्रमशः रुपैयाँ ५० हजार, २५ हजार तथा क्राउन र गिफ्ट ह्याम्पर हात पारे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : २६ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।