सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख « Khabarhub

सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृतिक केन्द्रले संयुक्त रुपमा आयोजना गरेको ‘मिस तामाङ २०१९’ को ताज सरिता गिरीले जितेकी छिन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न ग्राण्ड फिनाले समारोहमा सरितालाई मिस तामाङ २०१९ घोषणा गरियो ।

उनी २२ प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै विजेता बनिन् । जीतसँगै सरिताले नगद एक लाख, सिल्भर क्राउन र गिफ्ट पाइन् । विजेता सरितालाई सन् २०१८ की विजेता सिमरन स्याङबोले ताज लगाइदिएकी थिइन् ।

यस्तै सविना दोङ फस्ट रनर अप बनिन् भने अप्सरा स्याङतान सेकेन्ड रनर अप बनिन् । ‘मिस तामाङ २०१९’ को थर्ड रनर अपमा कविता योञ्जन र फोर्थ रनर अपमा लक्की स्याङ्ग्बोले नाम लेखाए ।

विजेताले क्रमशः रुपैयाँ ५० हजार, २५ हजार तथा क्राउन र गिफ्ट ह्याम्पर हात पारे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : २६ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि