राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित « Khabarhub

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर  दातालाई  सम्मान गरेको छ ।
    
आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
    
बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ ।

त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा  ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् । यस्तै  बैङ्किङ्ग क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल,  पर्यटन व्यवसायतर्फ  सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ ।
    
यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ । ऊर्जा  उधोगतर्फ भोटेको हाईड्रोपावर, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहेका छन्।
    
विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा   हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । ५० करोडसम्म वार्षिक कारोबार गर्ने  करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष  उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र  लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ । 

सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान दिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १२ : २६ बजे

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौँ– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट

कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या

एजेन्सी – लागूऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे खोजमूलक समाचार प्रकाशित

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए

काठमाडौँ –  इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

घोराही– दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन