काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस हारेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलको पहिलो बलमै सुदूरपश्चिमले पहिलो विकेट गुमाएको छ । पहिलो बलमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सुदूरपश्चिमका जर्ज मुन्सेलाई आउट गरेका छन् ।
क्वालिफायरका लागि सुदूरपश्चिमले अनुबन्ध गरेका मुन्से खेलको पहिलो बलमै बोल्ड भए ।
लुम्बिनी लिगमा शीर्ष स्थानमा रहँदै र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।
यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलमध्ये सुदूरपश्चिमले १० अंक जोड्यो ।
आजका विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशका लागि भोलि हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।














प्रतिक्रिया