मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने « Khabarhub

मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि उनीहरू अध्ययनलाई निरन्तरता दिन सहमत भएका हुन्।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिन, कलेज सञ्चालक तथा विद्यार्थी प्रतिनिधिहरू सहभागी थिए।

छलफलमा कलेज व्यवस्थापनले विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण सुनिश्चित गरिनेछ भने अन्यत्र जान चाहने विद्यार्थीलाई नियमअनुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिनेछ। आवश्यकताअनुसार हाल भएको समझदारीलाई पछि लिखित सम्झौतामार्फत औपचारिकता दिने सहमतिसमेत भएको छ।

पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट अनावश्यक मानसिक दबाब तथा दुर्व्यवहार भएको र अध्ययनका लागि उपयुक्त वातावरण नरहेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका थिए। उनीहरूले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्नुपरेका समस्या मन्त्रालयका अधिकारीसमक्ष राख्दै शान्तिपूर्ण र मर्यादित शैक्षिक वातावरण निर्माणको माग गरेका थिए। छलफलपछि रेजिडेन्ट डाक्टरहरूले आफूहरू आशावादी रहेको जनाउँदै अध्ययन तथा काममा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरहरूको समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउँदै सरोकारवालासँगको छलफलबाट समाधानको बाटो पहिचान भएको उल्लेख गरे। विगतका कमीकमजोरी सुधार्दै शैक्षिक वातावरण निर्माण गर्न कलेज व्यवस्थापन र विद्यार्थी दुवै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीले दुवै पक्षबीच समझदारी विकास भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा फर्किन र कलेज व्यवस्थापनलाई शैक्षिक वातावरण सुनिश्चित गर्न आग्रह गरे। त्यस्तै, आईओएमका डिन प्रा.डा. मोहनराज शर्माले समझदारी कार्यान्वयन भए/नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र आईओएमले चरणबद्ध अनुगमन गर्ने बताए।

कलेजका अध्यक्ष प्रा.डा. जैनउद्दिन अन्सारीले विद्यार्थीको चाहना र मागअनुसार कलेजको शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तयार रहेको प्रतिबद्धता जनाए।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ७ : ५० बजे

मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन

लुम्बिनीले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली–  तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

गण्डकी– कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी

लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम