प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज – दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई मंगलबार नेपालगञ्जमा ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराइएको हो ।

राजनीतिक दलसहितका व्यवसायीहरुले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सिधा हवाई उडानसँगै सुक्ख्खा बन्दरगाह स्थापनाको पहल गर्न भनिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जिवी ओलीले नेपालगञ्ज दिल्ली सिधा हवाई उडान भएमा यस क्षेत्रको पर्यटन, धार्मिक, शिक्षा स्वास्थ्यमा ठूलो फड्को मार्ने उल्लेख गर्दै हवाई उडान हुन सके नेपालगञ्ज पर्यटनको प्रवेशद्धार हुन सक्ने बताए।

उनले नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरेर सुक्खा बन्दरगाह बनाउन सके त्यसले यहाँको आयातनिर्यात ब्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। नेपालगञ्ज भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तरराष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारका हिसाबले अझै अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि नै निरन्तर सम्वाद गरिरहेको जानकारी दिए। ज्ञापनपत्र बुझाउन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्टिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र नागरिक समाजका अगुवा सहभागी थिए।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ९ : ५४ बजे

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत

पाथीभरा देवी अक्षय कोषबाट शैक्षिक सामग्री वितरण

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई विद्यालयलाई शैक्षिक

चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

झापा – मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा