गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए « Khabarhub

गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी मृत भेटिएका छन् । उनी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको सिनियर अधिकृतको निवास (क्वार्टर) मा अचेत अवस्थामा फेला परेका थिए ।

मंगलबार बिहान साढे ९ बजेसम्म पनि केसी नउठेपछि उनको खोजी गरिएको थियो । क्वार्टरको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई अचेत अवस्थामा बाहिर निकालेको थियो ।

तत्काल अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले घटनाबारे जानकारी दिएका हुन् ।

केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी बोगटीले बताएका छन् ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रहरी निरीक्षक केसीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ८ : २४ बजे

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, राष्ट्रपति पौडेल सहभागी हुने

मकवानपुर – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत

गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का

एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

काभ्रेपलाञ्चोक– कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्धमा लाग्ने तीनदिने जात्रा