त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीको टोलीले मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई नियन्त्रणमा लिएको हो ।

हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौँ आएका वाङ विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई बरामद सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १२ : ०१ बजे

नागार्जुन जंगलमा दुर्लभ रातो राजपंखी लोखर्के (तस्बिरहरू)

काठमाडौँ – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन जंगलमा रातो राजपंखी लोखर्के देखिएको

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

काठमाडौं– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र

एमालेको राष्ट्रिय भेला उद्‌घाटन गर्न ओली कार्की ब्यांक्वेटमा

काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ ।