मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव « Khabarhub

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको छलफलका क्रममा उनीहरूले मानव बेचबिखनको परिभाषालाई विस्तृत बनाउँदै यशविरुद्ध प्रभावकारी कानुनी बनाउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सबै प्रक्रिया पुरा गरेर वैदेशिक रोजगारमा गएका महिलाहरू समेत शोषणमा परेको गुनासो निकै आउने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले वैदेशिक रोजगारमा गएका केही महिलाहरूले यौन शोषणमा पारिएको, मानसिक रूपमा गम्भीर असर परेको गुनासो गरेको भन्दै बाह्य रूपमा मानव बेचबिखन नै सरह रहेको धारणा व्यक्त गरिन् । आफूले काठमाडौँका विभिन्न स्थानमा अनुगमन गर्दा १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कामका लागि ल्याउने र यौन शोषण गर्ने देखिएको उनले बताइन् ।

त्यस्तै अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूले विदेशमा शोषणमा परेका महिलाहरूको उद्धारका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए । उक्त विधेयकमाथि बिहीबारबाट दफावार छलफल हुने समिति सभापति आकृति अवस्थीले जानकारी दिइन् । 

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ३ : ४१ बजे

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव

काठमाडौं– सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी

भोटेकोसी बाढीमा बेपत्ता दोलखाका ५९ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

दोलखा– रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई

निवर्तमान आईजीपी कार्कीको रिटमा कारण देखाउ आदेश, छलफलमा बोलाइयो

काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले

एनपीएल इलिमिनेटर : जिते अघि, हारे घर, मैदानमा काठमाण्डु र चितवन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज