कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग « Khabarhub

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् ।

चौध वर्षदेखि अलपत्र पुल परिसरमा हुलाकी सङ्घर्ष समितिले आज आयोजना गरेको बहुभाषिक कन्काई कवि सम्मेलनका वक्ताहरूले ठेक्का सम्झौता रद्द भइसकेकाले सरकारले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले हुलाकी राजमार्गको समग्र समस्या बुझ्न आफूले मेची–महाकाली यात्रा सुरु गरेको बताउँदै कन्काई पुलको निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, “पुलले भूगोल र व्यापार व्यवसाय जोड्छ । कन्काई पुलको छुट्टै महत्व छ । यसलाई अब अलपत्र पार्नु हुँदैन । निर्माणका लागि सदनमा समेत आवाज उठाउनेछौँ ।”

त्यस्तै, प्रतिनिधिसभा सदस्य शम्भु ढकाल ‘सुस्केरा’ले सरकारले पुरानो ठेक्का रद्द गरी निर्माण कम्पनीलाई जरिवाना गर्ने प्रक्रिया अघि बढाइसकेको बताए । उनका अनुसार चाँडै सम्बन्धित मन्त्रालयबाट प्राविधिक टोली आएर नयाँ पुल निर्माण गर्ने वा पुरानै संरचनाको बाँकी काम सम्पन्न गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ ।

कार्यक्रममा विभिन्न भाषाका कविहरूले आआफ्ना कविता वाचन गर्दै पुल निर्माणमा भइरहेको ढिलाइप्रति व्यङ्ग्य र चिन्ता व्यक्त गरेका थिए । हुलाकी सङ्घर्ष समितिका संयोजक रामरिजन यादवले १४ वर्षसम्म राज्यले एउटा पुलसमेत निर्माण गर्न नसक्नु लज्जाजनक भएको जनाउँदै सरकारलाई दबाब दिन र निर्माण प्रक्रिया छिटो अघि बढाउन कवि सम्मेलन आयोजना गरिएको बताए ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार कन्काई पुल निर्माणका लागि २०६८ जेठ ३१ गते पप्पु–महादेव खिम्ती जेभीसँग रु ३४ करोड नौ लाखमा ठेक्का सम्झौता भएको थियो । सात सय २३ मिटर लामो पुल २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि पाँच पटक म्याद थप गर्दा पनि भौतिक प्रगति ५६ प्रतिशतमा सीमित भएको थियो ।

निर्माणमा भएको ढिलाइपछि सरकारले ठेक्का रद्द गरी निर्माण कम्पनीबाट रु एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ जरिवाना असुल गर्ने प्रक्रिया अघि बढाएको छ । पुल निर्माण नहुँदा झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ सहित आसपासका हजारौँ नागरिक प्रभावित छन् । वर्षायाममा कन्काई नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने र हिउँदमा बाँसको अस्थायी पुलबाट शुल्क तिरेर वारपार गर्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ८ : २८ बजे

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – चितवन राइनोज नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा