काभ्रेमा विदेशी नागरिकको शंकास्पद गतिविधि, निगरानी बढाइँदै « Khabarhub

काभ्रेमा विदेशी नागरिकको शंकास्पद गतिविधि, निगरानी बढाइँदै


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–   काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शंकास्पद गतिविधि गरेको पाइएपछि स्थानीय प्रशासनसहित सुरक्षा निकायले निगरानी बढाएका छन् । 

शंकास्पद गतिविधि गरेको आरोपमा बितेका दुई दिनमा विभिन्न स्थानबाट ७६ जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ । 

‘निगरानी’लाई विशेष प्राथमिकता दिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लास्थित सुरक्षा निकायलाई चनाखो रही विशेष रुपमा जिल्लाका सबै स्थानका होटल–रिसोर्टमा अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनका अनुसार विशेषगरी प्र्यटकीय क्षेत्रका होटल–रिसोर्टलाई ‘अनुगमन’मा प्राथमिकता दिइनेछ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले मंगलबार र बुधबार काभे्रपलाञ्चोकको पाँचखाल र पनौतीको बल्थलीका होटलमा बसी शंकास्पद गतिविधि गरेको आरोपमा उक्त सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरिएको छ । 

मंगलबार जिल्लाको पाँचखाल नगरपालिका–७ स्थित ह्वाईट पार्क रिसोर्टबाट पाँच महिलासहित ३६ चिनियाँ नागरिक र बुधबार पनौती नपा–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ गरी ४० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएका चिनियाँ तथा जापानी नागरिकको साथबाट ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल, ट्याबलगायतका डिजिटल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पाँचखाल–७ शिखरपुरबाट मंगलबार नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएका ४९ कम्प्युटर ९ल्यापटप० र १५५ थान मोबाइलको जिल्ला प्रहरी कार्यालय हुँदै थप प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । 

उनका अनुसार पक्राउ गरिएका चिनियाँ नागरिकलाई बुधबार अध्यागमन विभागमा बुझाइएको छ । 

थांका बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शंकास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको हो ।

यस्तै बुधबार बिहान बल्थलीस्थित बल्थली माउण्टेन रिसोर्टमा प्रहरीले छापा मार्ने क्रममा रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको तथा ‘टिकटक’का करिब ३०-३५ बुथ, टेलिफोन, प्रहरी स्टेसन, अन्तर्वार्ता कक्षलगायतको अस्थायी संरचना निर्माण गरिएको पाइएको प्रहरीले जनाएको छ । 

बुधबार नियन्त्रणमा लिइएका ४० जापानी र चिनियाँ नागरिकलाई हिरासतमा राखिएको तथा उनीहरूका डिजिटल उपकरणबारे प्राविधिकद्वारा अनुसन्धान भइरहेको विष्टले बताए । 

पछिल्ला केही महिनादेखि चिनियाँलगायत विदेशी नागरिकको बसोबास रहेको र उनीहरु बसेको होटल तथा रिसोर्टमा अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएपछि विदेशीले अवैध गतिविधि गरेको गुनासा आएपछि प्रशासन र प्रहरीले मंगलबार र बुधबार पाँचखाल र पनौतीको होटल तथा रिसोर्टमा छापा मारेको हो । क्रमशः अन्य स्थानका होटल–रिसोर्टमा निरीक्षण-अनुगमनलाई निरन्तरता दिइने प्रजिअ अधिकारीले बताए। 

उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’ द्वारा थप सूचना लिइने क्रम जारी छ । 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ४ : २७ बजे

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं– नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते

एनपीएलको दोस्रो क्वालिफायरमा टस जितेको चितवनले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स

मधेसमा नयाँ सरकार गठन अन्योलमा, नेतृत्वको विषयमा दलहरूबीच सहमति जुटेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा

काभ्रेमा विदेशी नागरिकको शंकास्पद गतिविधि, निगरानी बढाइँदै

काभ्रेपलाञ्चोक–   काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शंकास्पद

रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तर्राष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

काठमाडौँ– सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको