काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा थियो ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा रहेको छ।
त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११६ रुपैयाँ, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४१ रुपैयाँ तीन पैसा रहेको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ४० पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा तथा मलेसियन रिङ्गिट एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको सुचि :















प्रतिक्रिया