काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले नेपाललाई ३ सय ३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कतारको दोहामा जारी खेलमा नेपालले जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३२ रन बनायो ।
भारतका दुई ब्याटरले शतक प्रहार गरेपछि नेपालले भीमकाय लक्ष्य पाएको हो । भारतका कुमार कुशाग्र र तिलक वर्माले शतक प्रहार गरे ।
१ सय २ बलको सामना गरेका कुशाग्रले १ सय १७ रन बनाए । यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, तिलक वर्माले १ सय १३ बलमा १ सय ७ रन बनाए । यस क्रममा उनले ६ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै सूर्यांश सेगडेले १४ बलमा ३६ रन बनाए भने ओपनर वैभव सूर्यवंशीले ३२ बलमा २६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललीत राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट हात पारे ।














प्रतिक्रिया