नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द « Khabarhub

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनाअनुसार घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त ढुङ्गा तथा माटो पन्छाउने कार्य सुरु गर्न लागिएको हो।

प्रशासनले तोकिएको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ७ : ३५ बजे

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा

तीन बिघामा तरकारीखेती गरेका वीरबहादुर, वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती

झापा महिला गोल्डकप आजदेखि, विजेताले ११ लाख पाउने

झापा– एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट

प्रहरीका गुनासो सुन्न केन्द्रीय डेस्क स्थापना

काठमाडौँ– नेपाल प्रहरीले आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका समस्या, गुनासा

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम– इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ