काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी छ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १ सय ५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिले ब्याटिङ गरेको हो ।
पहिलो इनिङमा लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
लुम्बिनीका लागि दिलिप नाथले ३९ रन बनाए । ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे ।
त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३० रनको योगदान गरे । निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन र डार्सी सर्टले १८ बलमा २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले २ तथा दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले समान १ विकेट लिए ।
आज सुदूरपश्चिमको टिममा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, डा. ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहरा, सैफ जैब, जर्ज मुन्से, स्कट कुग्लेन र थारिन्दु रत्नायके छन् ।
त्यसैगरी, लुम्बिनीको टिममा कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, क्रिश्चियन ट्रम्पलमन, निरोशन डिकवेला, डीआरसी शर्ट र अली शेख रहेका छन् ।














प्रतिक्रिया