असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् –योगी विकाशानन्द « Khabarhub

असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् –योगी विकाशानन्द


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् ।

उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए ।

६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ ।

संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।

यी हुन् उनका १० माननीय भनाइहरु

१. असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् ।

२.बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बाबजुद पनि अघि बढ्न सक्छ ।

३. जसले आमाबुबालाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।

४. भिन्नै खाले राजनेता नभएसम्म भिन्नै खालको राजनीतिको संभावना छैन ।

५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

६. हामीलाई लामखुट्टे होइन हाम्रै अल्छाइले टोक्छ ।

७. सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

८. सबैभन्दा सस्तो औषधी हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधी खान बाध्य भइन्छ ।

९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

१०. अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : २८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब