टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल अपाचे ट्र्याक एक्सपेरियन्समा सार्वजनिक « Khabarhub

टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल अपाचे ट्र्याक एक्सपेरियन्समा सार्वजनिक


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

 टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा. लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन् ।

अनावरणपछि टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले भने, ‘अपाचे २०० ४भी यूएसडीको मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन हो । यसका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल-च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्छ।’

कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा रिफाइन्ड इन्जिन र सहज प्रदर्शनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल-च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन् । यी विशेषताले यस मोटरसाइकललाई प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजनका रूपमा प्रस्तुत गरेको छ ।

यस मोटरसाइकलमा तीन राइड मोड रहेका छन् । दैनिक यात्राका लागि अर्बन मोड, मोटरसाइकलको रोमाञ्चक प्रदर्शन अनुभव गर्न स्पोर्ट मोड, र ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न सक्नेछन् । यो मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध छ । नेपाली बजारमा अपाचे आरटीआर २०० ४भी यूएसडी को मूल्य रु. ४,५९,९०० तोकिएको छ।


 

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ११ : ०२ बजे

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू)

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल

टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल अपाचे ट्र्याक एक्सपेरियन्समा सार्वजनिक

काठमाडौं– टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक

आठपहरियाको वडाङ्मेट पर्व सुरु

धनकुटा– वर्षभरि गुमाएका आफन्तको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र