ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ९ जना घाइते « Khabarhub

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ९ जना घाइते


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा–  सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आज बिहान ७:१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएकोले घाइतेहरुको उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा सिद्धिचरण नगरपालिका–२ बस्ने ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, मिरा सार्कीका १ वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, रमिला नेपालीका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती रहेका छन् । 

उक्त दुर्घटनाको सम्बन्धमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ११ : २१ बजे

गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरी श्रद्धाञ्जली

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली- भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ९ जना घाइते

ओखलढुङ्गा–  सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू)

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल