६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास « Khabarhub

६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले आइतबार भर्चुअल माध्यमबाट सङ्खुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन् ।

करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइएको हो ।

आयोजना विकास सम्झौताअनुसार उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । त्यस्तै, २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीले आयोजना निर्माण गरिरहेको छ । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो ।

आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याएर थप विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये २५३ परिवारलाई हालसम्म करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ । बाँकी प्रभावित परिवारलाई मुआब्जा वितरण तथा जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ ।

आयोजना निर्माणपछि नेपालले निःशुल्क विद्युत्का साथै रोयल्टी, कर र अन्य आर्थिक लाभ प्राप्त गर्नेछ । निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  २ : १८ बजे

प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेको छु : मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको

प्रधानमन्त्री बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी

भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको

६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास

नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट

प्रधानमन्त्री शाह र भारतका समकक्षी मोदीले गरे जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्‌घाटन

नयाँ दिल्ली–  प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले