बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग « Khabarhub

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई न्यानो कपडा, स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ।

चितवनका व्यवसायी एवं समाजसेवी विनोद ढकालको पहलमा बाढी प्रभावित विद्यार्थीलाई आवश्यक सामग्री सहयोग गरिएको हो।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बासिन्दाको उद्धार तथा राहत वितरणमा समेत सक्रिय ढकालले स्थानीयको आग्रहमा विद्यार्थीलाई सहयोग गरेको बताए।

अति विपन्न, असहाय तथा समस्यामा परेका समुदायलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने उल्लेख गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका क्रममा स्थानीयको दुःख नजिकबाट बुझेको बताए।

‘बाढी प्रभावित जनताको राहत र उद्धारमा खटिँदा उहाँहरूको दुःख बुझेको छु। स्थानीय जनताको आग्रह आएपछि केही सहयोग गरौँ भन्ने भावनाले रसुवा पुगेर अत्यावश्यक सामग्री वितरण गरेँ,’ उनले भने।

ढकालले यही सोमबार रसुवामा सामग्री वितरण गरेका हुन्। मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसअघि दसैँका अवसरमा चितवनको कालिका नगरपालिका–स्थित चेपाङ बस्ती र भरतपुरका विपन्न बस्तीमा खाद्यान्न वितरण गरेको जानकारी दिए।

उनका अनुसार चितवनको माडीका पाँच अतिविपन्न परिवारलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले बाख्राका पाठासमेत वितरण गरिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ५२ बजे

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

काठमाडौँ – रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट

चलचित्र विधेयकमा १२२ संशोधन प्रस्ताव, सेन्सरको व्यवस्था पुनरावलोकन गर्न जोड

काठमाडौँ – चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित अघि

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको