फूलको आँखामा फूलै संसार… « Khabarhub

फूलको आँखामा फूलै संसार…

बुबाको एकै व्यवहार २ छोराको बुझाई फरक फरक


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै सहरमा एउटा परिवार बस्थ्यो। परिवारमा दुई दाजुभाइ थिए। दुवै दाजुभाइको स्वभावमा आकाश, जमिनको अन्तर थियो। दुईमध्ये दाजुचाहिँ नामुद जँड्याहा थिए। बिहानदेखि राति नसुतुन्जेल जाँडरक्सी धोक्नु, पत्नी, छोराछोरीलाई मुख छाडेर गाली गर्नु र निर्ममतापूर्वक कुटपिट गर्नु उनको दैनिकी नै थियो।

उता भाइचाहिँ समाजका प्रतिष्ठित व्यापारी र समाजसेवी थिए। जाँडरक्सी छुँदै छुँदैनथे। परिवारका सदस्यलाई औधी माया गर्थे। कसैलाई कठोर वचन बोल्दैनथे। अरूलाई परेको बेलामा सक्दो मद्दत गर्थे। जँड्याहा र दुर्मुखा नै भए पनि दाजुलाई असाध्यै माया र सम्मान गर्थे। भाउजू र भतिजा–भतिजीलाई पनि सक्दो मद्दत गर्थे। दुई दाजुभाइलाई एकसाथ देख्ने र भोग्ने कसैले पनि उनीहरूलाई दाजुभाइ ठान्दैनथे।

एकपटक एक साधुले ती दुई दाजुभाइबारे धेरै कुरा सुने। दुवै दाजुभाइको स्वाभावबारे सुन्दा उनलाई अनौठो लाग्यो। उनलाई यसको रहस्य जान्ने उत्सुकता जाग्यो। उनी सोधखोज गर्दै दाजुको घरमा पुगे। रक्सी पिउँदै गरेका दाजुलाई भेटेर साधुले आफ्नो परिचय दिए र आउनुको कारण बताउँदै दाजुलाई आफू त्यसरी जाँडरक्सीको कुलतमा फस्नुको कारण सोधे। दाजुले मुख बिगार्दै भने–बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो।

उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो। उहाँ मुखमा जे आयो त्यही शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो, उठ्नै नसक्ने गरी कुटपिट गर्नुहुन्थ्यो। यस्तो माहोलमा हुर्केको मान्छे जँड्याहा नभए के हुन्छ त महाशय ?

साधु भाइको घरमा पुगे। उनले भाइलाई प्रश्न गरे– एकै परिवारमा हुर्केर पनि तपाईं दुई दाजुभाइबीच आकाश–जमिनको अन्तर छ। यस्तो कसरी सम्भव भयो ? भाइले हँसिलो अनुहार लगाउँदै जवाफ दिए– महात्मा, हाम्रो बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो। उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो। जानेजति शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो। जे पायो, त्यसैले हिर्काएर हामीलाई कैयौँचोटि घाइते बनाइदिनुहुन्थ्यो।

मैले बुबाको बानी देखेर आफू कहिल्यै त्यस्तो नबन्ने प्रण सानैदेखि गरेको थिएँ। जाँडरक्सी नछुने, छाडा नबोल्ने र कसैमाथि हात नउठाउने स्वभाव मैले बुबाबाटै सिकेको हुँ। साधुले मनमनै भने– कस्तो अचम्म! घटना एक, प्रेरणा फरक–फरक! आखिर ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेको यही त होला!

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ५२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड