काभ्रे– मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ । आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन् ।
मौसम सफा हुँदा टाढासम्म फैलिएका सेताम्मे हिमाल र प्राकृतिक सौन्दर्यले नमोबुद्ध क्षेत्रको आकर्षण थप बढाएको छ। विशेषगरी हिमाल अवलोकन तथा प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा रहेको छ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नमोबुद्ध बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थलसमेत हो। यहाँको शान्त वातावरण, प्राकृतिक सुन्दरता र हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।






तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया