काठमाडौं– भारतको वाराणसीमा कार्तिक पूर्णिमाका अवसरमा मंगलबार देव दीपावली मनाइँदै छ । यस अवसरमा गङ्गा नदीका सबै ८४ वटा घाटलाई ११ लाखभन्दा बढी माटाका दियोले झिलिमिली पारिएको थियो ।
दशाश्वमेध घाट र अस्सी घाटलगायत प्रमुख घाटहरूमा दियोको झिलिमिली उज्यालो, गङ्गा आरती, लेजर शो, थ्रीडी प्रोजेक्सन म्यापिङ, ड्रोन शो तथा आतिशबाजीले उत्सवलाई थप आकर्षक बनाएको थियो ।
‘देवताहरूको प्रकाश पर्व’ अर्थात् देव दीपावली हिन्दू पात्रोअनुसार कार्तिक महिनाको पूर्णिमाका दिन मनाइन्छ । यो पर्व तिहार अर्थात् दीपावलीको १५ दिनपछि मनाइने गरिन्छ ।
भगवान् शिवले त्रिपुरासुर नामक राक्षसको वध गरी विजय हासिल गरेको दिनका रूपमा यस पर्वलाई लिइन्छ । यस दिन देवताहरू पवित्र गङ्गा नदीमा स्नान गर्न पृथ्वीमा अवतरण गर्ने धार्मिक विश्वाससमेत रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी





























प्रतिक्रिया