चितवन– एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो ।
तर चितवनको वन्यजन्तु पर्यटन राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन । निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि चितवनको पर्यटनलाई थप विविधता दिएका छन् ।
यस्ता वनक्षेत्रले वन्यजन्तु अवलोकन र प्रकृति पर्यटनको सम्भावना विस्तार गर्नुका साथै स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र वन संरक्षणको महत्त्वसमेत बढाएका छन् ।














तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया