अपडेट : इराकमा भएको सरकार विरोधी प्रदर्शनमा २२ जना मारिए | Khabarhub Khabarhub

अपडेट : इराकमा भएको सरकार विरोधी प्रदर्शनमा २२ जना मारिए


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकको दक्षिणी शहर नसरियामा भएको पछिल्लो सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २२ जना प्रदर्शनकारी मारिएका छन्।

प्रदर्शनकारीहरूले कैयौँ दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रमममा गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।

सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास समेत प्रहार गरेका थिए। अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

इराकीहरूले रोजगारी, भ्रष्ट्राचारको अन्त्य र सार्वजनिक सेवा सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

इराकी सेनाले अशान्ति हटाउनका लागि सैन्य “संकटसँग जुध्ने एकाइ” गठन गरेको जनाएको बीबीसीले जनाएको छ ।

नसरिया शहरस्थित एक सूत्रका अनुसार प्रदर्शनकारीहरूले त्यहाँको सुरक्षा फौज इकाइको मुख्यालयमा आगो लगाइदिएका छन्।

गत दुई महिनायता इराकमा फैलिएको प्रदर्शनक कारण सयौँ मानिसको ज्यान गइसकेको छ। प्रदर्शनकारीहरूको आक्रोश बढ्दै जाँदा समग्र राजनीतिक नेतृत्व नै निशानामा परेका छन्।

प्रदर्शनमा सहभागीहरूमध्ये धेरैले इराकी आन्तरिक मामिलामा इरानको हस्तक्षेप भएको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।

अमेरिकी नेतृत्वको सेनाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनको शासन अन्त्य गरेदेखि नै त्यहाँ इरानको प्रभाव बढिरहेको ठानिन्छ।

इरानकै कारण इराकभित्र भ्रस्टाचार बढेको र सरकार असफल भएको उनीहरूको आरोप रहने गरेको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ५९ बजे

पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता

काठमाडौं- भारतले पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला आइतबार भारतीय

युवा संघ ताप्लेजुङमा ‘टीकेप्रथा’, न बन्द सत्र गरियो, न त निर्वाचन कार्यक्रम नै राखियो

काठमाडौं- राष्ट्रिय युवा संघ ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतका

राष्ट्रियसभा बैठक : पूर्वराजालाई पक्राउ गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

द्वन्द्वकालीन बलात्कारको मुद्दामा माफी हुँदैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन

 स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा पढाइ हुने कोर्सले प्रहरीमा