सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग « Khabarhub

सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न उठाउँदै स्वतन्त्र छानबिनको माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ठेक्का रद्द गराउने क्रममा कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइएको आरोप लगाएका छन् । उनले घटनामा संलग्न प्रधानमन्त्रीको टिममाथि अनुसन्धान हुनुपर्ने माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आङ्देम्बेले ठेक्का रद्द गर्ने निर्णय कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएको आरोप लगाएका छन् ।

उनका अनुसार आयोजनाको ठेक्कामा छ वटा कम्पनीले बोलपत्र पेस गरेकामा तीन वटा प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए । आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा दबाब दिँदै ठेक्का रद्द गरिएको उनको दाबी छ ।

यस्तो छ आङ्देम्बेको धारणा

सुनकोशी–मरिण डाइभर्सन आयोजनाका कर्मचारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिने, प्रधानमन्त्री कार्यालयलाई यातनागृह बनाएर मानसिक यातना दिने र बिना पर्याप्त कानुनी आधार ठेक्का रद्द गर्ने सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा गत १७ कात्तिकमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो। हामीले संसद् र संसदीय समितिमा छलफलको माग गरेका थियौँ।

सोहीअनुसार मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक बस्यो। बैठकमा सत्तापक्ष र प्रतिपक्षका माननीय सांसदहरूले सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाउनुभयो। समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

सुनकोशी–मरिण डाइभर्सनको ठेक्कामा छवटा कम्पनीले बोलपत्र पेस गरेका थिए। तीनवटा प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइयो र ठेक्का रद्द गरियो।

यो आयोजना मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना हो। १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको छ। यस्तो आयोजना सरकारको मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बन्नु दुर्भाग्यपूर्ण छ। भोलि मधेसका जनता सडकमा उत्रिए त्यसको जिम्मेवारी कसले लिने?

म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह? कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो? ठेक्का रद्द गर्ने कानुनी आधार के हो? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने?

ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन। यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ।

मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन पाइँदैन। जनताको भविष्यसँग खेलवाड गरेर सरकार जवाफदेहिताबाट भाग्न सक्दैन।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  २ : २२ बजे

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष

धमेन्द्र नेतृत्वको नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

काठमाडौं– धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक

दमौली–भरतपुर प्रसारण लाइन : ५० प्रतिशत रुख कटान

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका

सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको